काठमाडौं । यसपटकको दसैँ सामान्य नागरिकका लागि सुखद् नहुने सम्भावना देखिएको छ ।
असोजमा पर्ने दसैँका लागि नयाँ वस्तु आयात गर्ने समयमा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य तरलता अभाव र व्याजदर वृद्धिका कारण उपभोक्ताले झन् बढी महँगी झेल्नु पर्ने केन्द्रीय बैंकको सर्वेक्षणको निष्कर्ष छ । आर्थिक वर्ष २०७८/०७९ को चौथो चौमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले आगामी तीन महिनामा मूल्यवृद्धि उच्च हुने बताएको छ ।
आगामी तीन महिनामा नै बजारमा दसैँको रौनक सुरु हुन्छ । तर उक्त समयमा मूल्यवृद्धि ह्वात्तै बढेर १४.२ प्रतिशत पुग्ने अनुमान गरिएको सर्वेक्षण नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
त्यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तले २५ करोड ५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा १०.०५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले २२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन नाफा २५ दशलब३१ प्रतिशत र खुद ब्याज आम्दानी २६ दशमलब९३ प्रतिशतले बढेको छ ।
असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी भने ७ रुपैयाँ ३९ पैसाले घटेर ४५ रुपैयाँ ३४ पैसा (वार्षिक) कायम भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा छ । यसको खराब कर्जा २।६६५ बाट घटेर १ दशमलब ६४ प्रतिशत पुगेको छ । ताजा खबर