Saturday, April 19, 2025
समाजएसिड छर्केर आँखा फुटाइदिने कमिलाको आतङ्क
spot_img

एसिड छर्केर आँखा फुटाइदिने कमिलाको आतङ्क

दक्षिण भारतको तमिलनाडु राज्यका सातवटा गाउँमा सयौँ मानिसले एक किसिमको कमिलाले आतङ्क सिर्जना गरेको बताएका छन्।

ती कमिलाले पशुचौपायालाई आक्रमण गरेको अनि अन्नबालीमा क्षति पुर्‍याएको उनीहरूको गुनासो छ। कमिलाका कारण आफ्नो जीविकोपार्जन जोखिममा परेको उनीहरू बताउँछन्।

‘पहेँलो बहुला कमिला’लाई विश्वकै सबैभन्दा खराब अतिक्रमणकारी प्रजाति मान्ने गरिएको इन्टरन्याश्नल यूनिअन फर कन्जर्भेशन अफ नेचर (आईयूसीएन)ले जनाएको छ। ती कमिलाले टोक्ने वा चिल्ने नगरे पनि तिनले आफ्नो शरीरबाट निष्कासन हुने फर्मिक एसिड छर्केर रासायनिक प्रतिक्रिया गराउन सक्छन्।

यी कस्ता कमिला हुन्
यी कमिलाको वैज्ञानिक नाम एनोप्लोलेपिस ग्रासिलिप्स हो। यी कमिला साधरणतया उष्ण र अर्धोष्ण क्षेत्रमाबस्छन्। यी कमिला संयोजित रूपमा नभई जथाभाबी हिँडडुल गर्छन्। कुनै अवरोध देखा परेको खण्डमा तिनको गतिविधि अझै अव्यवस्थित बन्छ।

विज्ञहरूले यी कमिलाको सङ्ख्या चाँडै बढ्न सक्ने र यिनले “रैथाने वन्यजीवलाई ठूलो क्षति गराउन सक्ने” बताएका छन्। अस्ट्रेलियाका धेरै ठाउँमा यी कमिलाले अतिक्रमण गरेको विवरण आएको छ। पहेँलो बहुला कमिलाका बारेमा अध्ययन गरेका कीटशास्त्री डा. प्रणय वैद्यले ती “अवसरवादी प्रजाति” भएको बताए।

“उनीहरूलाई यो वा त्यो नै खानुपर्छ भन्ने छैन। उनीहरू जुनसुकै र सबै कुरा खाइदिन्छन्,” उनले भने। उनका अनुसार तिनले अरू प्रजातिका कमिला, मौरी र बारुलाको पनि सिकार गर्छन्।

पहेँलो बहुला कमिला कति खतरनाक
यी कमिलाले अस्ट्रेलियाको क्रिस्मस आइल्यान्डमा सुरुमा अतिक्रमण गर्दा त्यहाँबाट रैथाने कमिलाहरू विस्थापित भएको डा. वैद्य बताउँछन्।

उनका अनुसार पहेँला बहुला कमिलाले अरू कमिलालाई आक्रमण गरेको र तिनको आहाराको स्रोतमा नियन्त्रण कायम गरेका थिए।उनीहरूले दशौँ लाख राता गँगटालाई मार्ने क्रममा तिनका आँखा फुटाउनुका साथै अङ्गभङ्ग गरिदिएका थिए। एउटा संरक्षण समूहसँग काम गरिरहेका कीटविज्ञ डा. प्रियदर्शन धर्मराजनले बाली नष्ट पार्न सक्ने लाईकीरासँग उनीहरूको सहजीवी सम्बन्ध रहेको बताए।

डा. धर्मराजन निरन्तर बढिरहेको तापक्रमका कारण अहिले अवस्था बिग्रिएको ठान्छन्। “जब तापक्रम बढ्छ उनीहरूको मेटाबोलिक रेट [पौष्टिक तत्त्व अन्तर्दहन गर्ने दर] पनि बढ्छ जसले गर्दा उनीहरूले धेरै खान्छन्। यो एउटा कारण हुनसक्छ,” उनले भने।

तर तथ्याङ्कबिना यसलाई पुष्टि गर्न नसकिने उनले बताएका छन्। प्रभावित क्षेत्रको मौसम प्रणालीबारे थप तथ्याङ्क सङ्कलन गरी विश्लेषण गरिनुपर्नेमा उनको जोड छ।  बीबीसी

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img