Tuesday, September 10, 2024
समाजगृहकार्य नगरेको भन्दै शिक्षकले बाँसको लठ्ठीले हानेर ६ कक्षामा पढ्ने छात्रा घाइते
spot_img

गृहकार्य नगरेको भन्दै शिक्षकले बाँसको लठ्ठीले हानेर ६ कक्षामा पढ्ने छात्रा घाइते

महोत्तरी– औरही नगरपालिकास्थित प्रसाद माध्यामिक विद्यालयमा अध्ययनरत एक छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन् ।

कक्षा-६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापुर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएको खुलेको छ । छात्राको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

कक्षा-६ विज्ञान विषयका शिक्षक दिपेश यादवले गृहकार्य नगरेको भन्दै उनीमाथि निर्घात कुटेको गरेको परिवारको आरोप छ । बालिकाको शरीरभरि लठ्ठीको सुम्ला छ । यसैको पीडाले ज्वरो आएको उपचारमा सग्लन स्वास्थ्यकर्मीले जानकारी दिए । विद्यालयले पनि शिक्षक यादवले कुटेको स्वीकार गरेको छ । कुटाईपछि हो-हल्ला भएपछि-अभिभावक राखेर घटना गुपचुप बनाउन खोजेको अभिभावकहरूको गुनासो छ ।

विद्यालयका प्रधानध्यापक शिवशरण यादवले हामीलाई बोलाएर उपचार खर्च भन्दै पैसा दिन खोजे । तर हामीले मानेनौँ । बालिकाका बुबा साजेन्द्र महराले भने । हामी शिक्षकलाई कडा कारवाही होस् भन्ने चाहन्छौँ ।

-Google Ads-

शिक्षक यादवको यातनाकै कारण बालिका त्रसित बनेकी छिन् । अरु विद्यालयमा भए पढ्ने तर त्यो विद्यालयमा अब नजाने भनेर छोरी चिच्याउँछिन् ।झ उनकी आमा सुन्दरकलाले भनिन् ।

प्रधानध्यापक शिवशरण यादवले घटनामाथि छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउने पीडित पक्षलाई आश्वासन दिएका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img