Thursday, March 20, 2025
देशकोशी प्रदेशइटहरीबाट गाईघाट जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना...

इटहरीबाट गाईघाट जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

सुनसरी / गाईघाटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आज शनिबार १ बजेको समयमा उदयपुरको चौदण्डीगढी नगरपालिका- १० खैराहा झोडास्थित मदन भण्डारी सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको हो ।

इटहरीबाट गाइघाटतर्फ जाँदै गरेको प्र–१–०५–००१ प ७४८५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा चालक उदयपुरको कटारी नगरपालिका- ४ कान्छी बजार बस्ने अन्दाजी २४ वर्षीय अभिषेक खड्काको मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि सवार उनकै श्रीमती अन्दाजी २० वर्षीया सञ्जिता बस्नेतको दुवै खुट्टा तथा हातमा चोट लागेको थियोे । उनको जिल्ला अस्पताल उदयपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिएको जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img