समाजबालेनको घर पसेका ‘जोगी’ले प्रहरीलाई नै ‘भष्म गर्दिन्छु’ भनेपछि...

बालेनको घर पसेका ‘जोगी’ले प्रहरीलाई नै ‘भष्म गर्दिन्छु’ भनेपछि…

काठमाडौं । गएको शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को घरमा गएर दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ‘जोगी’लाई प्रहरीले तारेखमा छाडेको छ ।

जोगीमा भेषमा ‘भष्म गर्दिन्छु’ भन्दै बालेनको निवास गैरीगाउँ पुगेका उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी कार्यालयमा लगिएका उनले आफ्नो नाम फरक–फरक बताउँदै आएका छन् । उनको नागरिकता फेला नपरेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले बताए ।

उनलाई आवश्यक परेको बेला प्रहरी कार्यालयमा उपस्थित हुने गरी छाडिएको छ । जोगीको भेष धारण गरेका उनी गएको शनिबार राति करिब साढे ८ बजे मेयर बालेनको घरभित्रै पसेका थिए । त्यहाँबाट उनलाई बाहिर निकालिएको थियो । त्यसपछि भनाभन भएको थियो ।

ती व्यक्तिले आफूलाई प्रधानमन्त्री र मन्त्रीले समेत केही गर्न नसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img