Monday, April 28, 2025
समाजवीर अस्पताल वरपरका संरचना हटाइयाे, अब पार्क बनाइने
spot_img

वीर अस्पताल वरपरका संरचना हटाइयाे, अब पार्क बनाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल वरपर अनधिकृत रुपमा निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको छ ।

महानगरले बिहीबार वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि डोजर चलाएको हो । अनधिकृत संरचना हटाउन आजसम्म समय दिएपनि अटेर नहटाइएकाले डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।

फार्मेसी सञ्चालन भएका ठाउँ अब पार्क बनाइने महानगरले जनाएको छ । यसअघि पनि उक्त स्थानमा पार्क बनाउने भनिएको थियो । तर, फार्मेसी चलाएको पाइएपछि डोजर चलाइएको महानगरले जनाएको छ । वीर अस्पतालले नक्सा पास गर्दा बगैंचा बनाउने भनेको जग्गामा फार्मेसी सञ्चालनमा थियो ।

महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार नक्सामा पार्क बनाउने भनिएको छ । तर, ती जग्गामा फार्मेसी चलाएको पाइएकोले हटाइएको हो । उक्त स्थानमा आधा दर्जनभन्दा बढी फार्मेसी सञ्चालनमा थिए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img