Sunday, April 20, 2025
समाजनिशाने खोलाको दोभानेबाट धरानको स्वस्तिका चोकमा पानी आयो
spot_img

निशाने खोलाको दोभानेबाट धरानको स्वस्तिका चोकमा पानी आयो

सुनसरी / धरानका मेयर हर्क साम्पाङको अभियान अन्तर्गत सञ्चालन भएको श्रमदानबाट धरानको स्वस्तिका चौकमा निशाने खोलाको दोभानबाट १० इन्चे पाइपमा पानी आइपुगेको छ ।

श्रमदानबाट निशाने दोभान देखि १० इन्चे पाइपबाट स्वस्तिका चौकमा आइतबार पानी झरीइएको हो । मेयर हर्क साम्पाङले २५ दिनमा निशाने दोभानबाट स्वस्तिका चौकमा रहेको खानेपानीको ट्याङ्कीमा पानी ल्याईपुर्याउने गरी काम गर्ने भनेकोमा २१ दिनमै स्वस्तिका चौकमा पानी ल्याइएकोमा श्रमदान र सहयोगी दाताहरूको साथ र सहयोगबाट सफल भएको प्रोजेक्ट म्यानेजर दत्तकुमार लिम्बुले बताए ।

घाम पानी नभनी अहोरात्र श्रमदान गर्नेहरू खटेकोले २१ दिनमै स्वस्तिका चौकमा पानी झराउन सफल भएकोमा मेयर साम्पाङले यो अभियानमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

मेयर साम्पाङले संक्षिप्त सम्बोधन गर्दै मलाई हर्क साम्पाङ भनेर हिरो बनाउनुभयो तर वास्तविक हिरो तपाई जनता हो । मैले त बेल्चा लिएर यसो के हिँडेको थिए तपाईँहरूले मलाई पच्छ्याउनुभयो । आज त्यही तपाईँहरूको साथ र सहयोगको परिणाम हो यहाँ पानी आउनु भनेको उनले बताए ।

त्यस्तै, उनले सामाजिक सञ्चालन फेसबुक मार्फत लेखेका छन् अथक प्रयास पछि सर्दु खर्दु र निशानेको पानी स्वस्तिका चौक आइपुग्यो ! सबै सबैलाई धेरै धेरै धन्यवाद छ ! अब वितरण गरिनेछ ! जय धरान ! त्यसैगरी आज विदाको दिन स्वास्तिका चौकमा हाम्रो श्रम जारी रहनेछ ! केही फिनिसिङका काम बाँकी छन् ! भनी फेसबुक मार्फत स्टाटस लेखेका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img