Friday, March 29, 2024
मनोरञ्जन‘प्रेमगीत ३’ चलचित्र हेरेपछि प्रचण्डले यस्तो भने (भिडियो)

‘प्रेमगीत ३’ चलचित्र हेरेपछि प्रचण्डले यस्तो भने (भिडियो)

भरतपुर: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको बाताएका छन् ।

आईतबार साँझ नारायणगढको इन्द्रदेव चलचित्र भवनमा ‘प्रेमगीत ३’ चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले चलचित्र हेर्न लायक बनेको बताएका हुन् । उनले चलचित्रमा कलाकारले आआफ्नो जिम्मेवारी र भूमिका राम्रोसँग प्रस्तुत गरेको बताए । “सन्देशको दृष्टिकोणले म यत्ति भन्न चाहन्छु यो मसलेदार फिल्म छ”, उनले भने ।

अध्यक्ष दाहालले नेपालीले बनाएको यो चलचित्र सबैतिर प्रचार भएको भन्दै यसले नेपाली चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष दाहालसँगै चलचित्र हेर्न छोरी भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल पनि गएकी थिइन् । अध्यक्ष दाहालले ६ः०९ बजेको शो हेर्न चलचित्र भवन पुगेका थिय ।

प्रकाशित मिति :

इन्फो नेपाल संवाददाता
इन्फो नेपाल संवाददाताhttps://infonepalonline.com
इन्फो नेपाल अनलाईन डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई infonepalonline@gmail.com वा news@infonepalonline.com.np मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

Advertisement
 

सिफारिस

यो साता चर्चामा

यो पनि पढौँ

काठमाडौं । प्रहरी सङ्गठनमा केही डीएसपीहरूलाई एसपीमा बढुवा गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)लाई प्राथमिकता दिइएको...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।महाशाखाले देशभर आंशिक...
भोजपुर। वर्षासँगै परेको चट्याङले भोजपुरको टेम्केमैयुङ गाउँपालिका-५ चोलन्तीमा १४ घरमा क्षति पुर्याएको छ। गएरातिको चट्याङबाट वडाका स्थानीय याम बहादुर राई, राजकुमार राई, बेनी बहादुर...