Sunday, April 20, 2025
समाजमानसिक तनावले आइसोलेशनमा छु, चाँडै नेपाल फर्किन्छु - सन्दीप
spot_img

मानसिक तनावले आइसोलेशनमा छु, चाँडै नेपाल फर्किन्छु – सन्दीप

९ असोज, काठमाडौं । नाबालिका बला’त्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस लेख्दै उनले मानसिक तनाव र स्वास्थ्य खराबीका कारण ‘आइसोलेसन’मा बसेको पनि उल्लेख गरेका छन् । र, चाँडै नेपाल फर्किने उल्लेख गरेका छन् ।

‘मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र मविरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विक्षिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था रहेन’, उनले भनेका छन्, ‘यी सब कुराले मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कातिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीका कारण मलाई आईसोलेसनमा राखेर बसेको छु ।’

उनले पीडितले दिएको जाहेरीलाई ‘झुठा’ उल्लेख गर्दै अपराधीको रुपमा चित्रणले आफूलाई मानसिक र शारीरिकरुपमा प्रभावित पारेको पनि भनेका छन् ।
उनले अगाडि भनेका छन्, ‘स्वास्थ्यमा क्रमिक सुधार आउँछ र जति सक्दो चाँडो नेपाल फर्किएर मविरुद्धको झुठा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img