राजनीतिव्यवस्था बदलियो, जनताको अवस्था बदलिएन : प्रचण्ड

व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन : प्रचण्ड

Advertisement spot_img

चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताउनुभएको छ ।

माओवादी केन्द्र चितवनले आइतवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो ।

‘निकै ठूलो त्याग र तपस्यापछि देशमा लोकतान्त्रिक गणतन्त्र आयो, व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन’, उहाँले भन्नुभयो, ‘घर आँगन बदल्ने, उज्यालो ल्याउने, समृद्धि ल्याउने, विकासलाई गति दिने, सामाजिक न्याय र समानताको नयाँ उचाइ छुने हाम्रो प्रतिबद्धता छ ।’ देश सङ्घीय गणतन्त्रमा आइसकेको भन्दै उहाँले देशलाई अब विकास निर्माण र समृद्धिको आवश्यकता रहेको बताउनुभयो ।

चितवनमा अहिले नमुना विकासको प्रयास गरिरहेको भन्दै अध्यक्ष प्रचण्डले आउने दिनमा निकै ठूलो फड्कोका साथ विकास र समृद्धिको नयाँ मोडल चितवनले प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘चितवनको विकासको मोडेल देशैभरि फैल्याउने गौरव तपाईँहरूलाई प्राप्त हुने छ ।’ चितवनमार्फत सिङ्गै देशको विकासलाई गति दिइने उहाँले बताउनुभयो ।

आफूले देशका सबै उत्पीडित जाति, क्षेत्र, लिङ्ग, समुदायको समृद्धिको उचाइमा लाने सपना बोकेको उहाँको भनाइ थियो ।

प्रकाशित मिति :

इन्फो नेपाल संवाददाता
इन्फो नेपाल संवाददाताhttps://infonepalonline.com
इन्फो नेपाल अनलाईन डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई infonepalonline@gmail.com वा news@infonepalonline.com.np मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

Advertisement spot_img
Advertisement

संबन्धित समाचार

Advertisement
 

सिफारिस

यो साता चर्चामा



यो पनि पढौँ

मकवानपुर: मकवानपुरको थाहा नगरपालिका ९ चित्लाङ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुदा एकको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङ तर्फ जादै गरेको बा.४ख...
मकवानपुर: हेटौडामा मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगिता हुने भएको छ । शुक्रबार मकवनपुर जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गर्दै संघले एन्फा मकवानपुर...
इटहरी / इटहरी उपमहानगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरेको छ । इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले...