चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरमा सरेपछि खुशी ब्यक्त गरेका छन् । पानी पानीमा घर सरेका प्रचण्डले आफू ४० वर्षपछि चितवनको शिवनगर फर्किएको बताएका छन् ।
भरतपुर महानगरपालिका–१४ शिवनगरमा बनाएको घरमा प्रचण्ड सोमबार मात्र सरेका हुन् । घर सरेको केहीबेरमा स्थानीय सरस्वती युवा क्लबले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा पुगेका उनले ४० वर्षअघि शिवनगर फर्किएको प्रतिक्रिया दिएका छन् ।
प्रचण्डले आँफु शिवनगरबाट बसाईं सरेर भरतपुर, त्यहाँबाट काठमाडौं, रोल्पा–रुकुम हुँदै शान्ति प्रक्रियामा आएको र संविधानबाट संविधान बनेपछि दोस्रो आम निर्वाचन हुने बेला फर्किएको बताउँदा भने उनी भावुक बनेका थिए ।
बा बितेपछि बाको नाममा भएको केही जग्गामा घर बनाएका प्रचण्डले भने बा बितेपछि बाको नाममा भएको केही जग्गा प्राप्त् गरेँ । त्यहाँ सानो घर बनाएको छु । आजै म त्यो घरभित्र छिरेँ’ प्रचण्डले भने, ‘तपाईहरुको सुखदुखमा साथ दिने प्रतिवद्धता व्यक्त गर्दछु ।’
प्रचण्डले यो क्षेत्रमा खर्बौंका योजना ल्याउने आफ्नो सपना भएको समेत बताएका छन् । उनले यस क्षेत्रमा हाल नारायणी पृुल, तटबन्ध र राप्ती नदीमा तटबन्ध जस्ता विकास आयोजना सञ्चालन भइरहेको र आगामी दिनमा अझै ठूला आयोजना आउने विश्वास व्यक्त गरेका छन् ।