राजनीति‘पत्रकारको नाकको डाँडी भाँच्छु’ भन्ने इटहरीका पूर्व प्रमुख चौधरी माओवादी केन्द्रमा प्रवेश...

‘पत्रकारको नाकको डाँडी भाँच्छु’ भन्ने इटहरीका पूर्व प्रमुख चौधरी माओवादी केन्द्रमा प्रवेश गर्दै

काठमाडौं- पत्रकारको नाकको डाँडी भाँच्न एक करोड छुट्याएको धम्कीका कारण विवाद र चर्चामा आएका इटहरीका पूर्व प्रमुख तथा नेकपा एमालेका प्रदेश समिति सदस्य द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् ।

आगामी निर्वाचनमा सुनसरीको निर्वाचन क्षेत्र २ (क)बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने शर्तमा उनी माओवादी प्रवेश गर्न लागेका हुन् । यसअघि उनी माधवकुमार नेपाल पक्षमा लागेका थिए ।

यद्यपि १० बुँदे सहमति गरेर दश भाइ एमालेमै रहे सँगै उनी पनि एमालेमै रहेका थिए । चौधरीले आफू काठमाडौं जान विराटनगर एयरपोर्टमा रहेको र माओवादी प्रवेश गर्न लागेको सत्य भएको बताए । ‘सांसदको टिकट पाउने नपाउने भन्ने विषय २३ गतेपछि थाहा हुन्छ,’ चौधरीले भने, ‘तर, माओवादी प्रवेश गर्न लागेको भन्ने कुरा सत्य हो ।’

उनी भोली माओवादी अध्यक्ष प्रचण्डको हातको टिका लगाएर प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ । चौधरीलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने विषयमा माओवादी पंक्ति सहमत भइसकेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img