देशबागमती प्रदेशमहानगरपालिकाद्वारा ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने

महानगरपालिकाद्वारा ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने

काठमाडौं – दशैं बिदामा काठमाडौं महानगरपालिकाले स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

महानगरपालिकाका प्रमुख बालेन शाहले ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।

उनका अनुसार महानगरअन्तरगत नजिकको स्वास्थ स्वयं सेवकमार्फत सिटामोल र जीवनजल प्राप्त गर्न सकिने छ।

२४ घण्टे हटलाइन सेवा निरन्तर राख्ने व्यवस्था मिलाइएको छ भने ११८० मा फोन गरेर डेङ्गुको बारेमा पनि जानकारी लिन सकिने शाहको भनाइ छ । १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न पनि सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img