Saturday, May 17, 2025
समाजराजेशपायल राईलाई पुत्रलाभ भएको खबर के हो?
spot_img

राजेशपायल राईलाई पुत्रलाभ भएको खबर के हो?

spot_img

राजेशपायल राईलाई पुत्रलाभ भएको खबर छ ।’ काठमाडौंको ह्याम्स अस्पतालमा दुई महिनाअघि उनलाई पुत्रलाभ भएको बटाईएको छ । स्रोतका अनुसार बच्चा जन्मिएका बेला तीन दिनसम्म राजेशपायल अस्पतालमै बसेका थिए । यतिबेला भने उनी कार्यक्रमका लागि अमेरिकामा छन् ।

राजेशपायलसँग लभिङ टुगेदरमा बसिरहेकी सङबुङ राईबाट सन्तान जन्मिएको हो । यद्यपि यस कुरालाई राजेशपायल राईले आधिकारिक रुपमा भने पुष्टि गरेका छैनन् । त्यसो त उनले आफट्लाठई अहिलेसम्म अविवाहित भन्दै आएका थिए । हरेक पटकको अन्तर्वार्तामा उनलाई नछुटाइने प्रश्न हुन्थ्यो, ‘विवाह कहिले गर्ने ?’ उनले यसको स्पष्ट जवाफ कहिल्यै दिएनन् ।

उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई गुपचुप राखे पनि विवाहको औपचारिक घोषणा गर्ने तयारीमा रहेको स्रोतको भनाइ थियो । यद्यपि विवाहको टुंगो नलाग्दै उनलाई पुत्रलाभ भएको खबर बाहिरिएको हो । सङबुङ राईको टिकटकमा राखिएको एक भिडियोले यो खबरलाई पुष्टि गर्छ । उनले सुत्केरी अवस्था र भर्खरै जन्मिएका शिशुलाई राजेशपायलले स्याहारसुसार गरिरहेको भिडियो राख्दै अंग्रेजीमा लेखेकी छिन्, ‘श्रीमान् श्रीमती ।’

सङबुङसँग बिहे गर्ने तयारीमा छन् राजेशपायल ?
टिकटकमा सक्रिय सङबुङ राजेशपायलभन्दा २६ वर्ष कान्छी हुन् । उनको उमेर अहिले २० वर्ष छ भने राजेशपायल ४६ वर्षका । राजेशपायलले सङबुङलाई नक्सालको आफ्नै घरमा राखेको स्रोत बताउँछ । राजेशपायलको काठमाडौंमा दुई घर छ्, नक्साल र शान्तिनगरमा ।

बिहे नगरी बुवा बन्ने रहर
अक्सर विवाहको कुरा गर्नासाथ राजेशपायल पन्छिने गर्थे वा हाँसेरै टार्ने गर्थे । कतिपय अवस्थामा चाहिं उनले आफू विवाह नगरी नै सन्तानको बुवा बन्न चाहेको खुलासा गर्थे । एकपटक उनले भनेका थिए, ‘म सेरोगेसीबाट बच्चा जन्माउँ कि भन्ने थियो ।’ त्यति मात्र होइन, उनले यस विधिबाट जुम्ल्याहा सन्तानको बुवा बन्ने इच्छा प्रकट गरेका थिए ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img