Monday, April 21, 2025
राजनीतिइटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश
spot_img

इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश

सुनसरी / इटहरी उपमहानगरपालिका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ले आज आइतवार आफ्नै निवासमा एक कार्यक्रम गरी चौधरीलाई टीका र खादा लगाएर माओवादीमा स्वागत गरेका हुन् । एमालेबाट टिकट नपाउने सम्भावना देखेपछि चाैधरी माओवादी प्रवेश गरेको बताए ।

प्रदेशसभाको टिकट पाउने सर्तमा उनी माओवादी प्रवेश गरेको बताइएको छ । माओवादीले उनलाई सुनसरी क्षेत्र २ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ । चौधरीले भने एमालेमा आफूलाई आत्मसम्मान नभएकाले माओबादी केन्द्र प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img