काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस वर्ष पनि बडादसैंको टीका लगाएनन् । यद्यपि उनको परिवारका सदस्यले भने दसैंको टीका ग्रहण गरेका छन् ।
प्रचण्डले छोरीहरू, बुहारी र नातिनातिनालाई टीका लगाइदिएका छन् । प्रचण्ड पुत्री गंगा दाहालले दसैंको टीका लगाएपछिको संयुक्त फोटो सार्वजनिक गरेकी हुन् ।
तस्बिरमा प्रचण्ड पनि छन् । तर, उनको निधार खाली छ ।