=भारत । भारतको उत्तराखण्डमा भएको बस दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।
उत्तराखण्डमा मंगलबार बस दुर्घटनामा परेको थियो । स्थानीय प्रहरीले बुधबार दिएको जानकारीमा सो दुर्घटनामा परेर २० जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । थुप्रै यात्रु घाइते भएको बताइएको छ ।
उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोटमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
गएराति नै उद्धारको काम थालिएको भए पनि दुर्घटनाग्रस्त क्षेत्र अप्ठेरोमा रहेकाले अँध्यारोका कारण उद्धारको काम गर्न कठिन भएको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा