दाङ, दाङमा ह’त्या गरिएका किशोर-किशोरीको मंगलबार एकै साथ अन्त्येष्टि गरिएको छ।
तुलसीपुर उपमहानगरपािलका वडा नं. १३ दमारगाउँको सामुदायिक जंगलबीच चिरोमा असोज ३० गते ह’त्या गरी गाडेको अवस्थामा १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद अचार्यको शव फेला परेको थियो।
उनीहरूको तुलसीपुर–१२ स्थित बबई नदी घाटमा एकै साथ अन्त्येष्टि गरिएको हो। अलगअलग चितामा उनीहरूको अन्त्येष्टि गरिएको थियो।
विभिन्न राजनीतिक दलका उम्मेदवार, अधिकारकर्मी, सर्वसाधारण र पीडित परिवार जनले रोशनी र शरदको ह’त्यामा संलग्नहरूको पहिचान गरी तत्काल पक्राउ गर्न तथा कानुनी दायरामा ल्याउन माग गर्दै आएका छन्।
उनीहरूको चिता बल्दै गर्दा अधिकाँस मानिसका आँखा रसाएका देखिन्थे।
प्रहरीका अनुसार उनीहरूको मोबाइल फोन मंगलबार दिउँसो फेला परेको छ। घटनाको अनुसन्धान गर्न आइतबार नै कोहलपुरबाट तालिम प्राप्त कुकुर ल्याइएको थियो। कुकुरकै सहयोगमा मोबाइल फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले रोशनीले लगाएको चप्पल पनि जंगलमा फेला परेको जानकारी दिए।