Monday, April 21, 2025
समाजनिहारिका राजपुत बालुवाटारबाट पक्राउ, छोरा र आरोपित श्रेष्ठको डीएनए रिपोर्ट म्याच
spot_img

निहारिका राजपुत बालुवाटारबाट पक्राउ, छोरा र आरोपित श्रेष्ठको डीएनए रिपोर्ट म्याच

काठमाडौं – कुमारी आमाका भनेर चिनिएकी निहारिका राजपुत बालुवाटारबाट पक्राउ परेकी छन् ।

राजपुतले शुक्रबार बलात्कार आरोपीलाई पक्राउ गर्न माग राख्दै बालुवाटारमा पुगेर पत्रकार सम्मेलन गर्न लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेलगत्तै उनलाई परिवारको रोहबरमा छाडेको छ ।

२७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी उनी अनसन समेत बसेकी थिइन् । पछि ५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति भएपछि अनशन तोडेकी थिइन् ।

सहमति अनुसार राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा उनका छोरा र आरोपित शिवराज श्रेष्ठको डीएनए जाँचमा डीएनए रिपोर्ट श्रेष्ठसँग म्याच भएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img