नेपालको पुर्वी क्षेत्रमा भुकम्पको धक्का । आइतबार राती १० बजेर १८ मिनेटमा प्रदेश १ को पहाडी तथा तराईका जिल्लामा भुकम्पको धक्का महसुस भएको हो ।
युरोपिय भु मध्यसागरिय भुकम्प मापन केन्द्रले यो भुकम्पलाई ४.४ म्याग्रीच्युडको भनेको छ । यो भुकम्प भारतको दार्जीलिङ बाट ९० किलोमीटर उत्तर पश्चिम नेपालको तर्फ केन्द्रबिन्दु बनाएर पृथ्वीको १० किलोमीटर भित्री सतहमा गएको उक्त केन्द्रले जनाएको छ ।