काठमाडौं । अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रको ५ हजार मिटरमाथि खिचेको हिउँ चितुवाको फोटो धेरै चर्चित भयो । नेपालको हिउँ चितुवाको फोटो खिच्न पनि विदेशी नै आउनुपर्ने आशयका थु्रपै टिप्पणी सामाजिक संजालमा देखिए । संचारमाध्यमले पनि निक्कै प्राथमकिताको साथ फोटोहरू प्रस्तुत गरे ।
नेपालस्थित अमेरिकी दुतावासले पावलोभ्स्कीका फोटो सेयर गरेपछि संचार माध्यम र सामाजिक संजालमा भाइरलन नै भएका थिए । यो भन्दा अगाडि नै नेपालीहरूले नै हिम चितुवाको सुन्दर फोटोहरू खिचेको पाइएको छ ।
मनाङको १६ सय मिटर उचाइमा नेपाली फोटो पत्रकार चुङ्बा शेर्पा र टासी आर घलेले खिचेको हिम चितुवाको फोटो यतिखेर सामाजिक संजालमा देखिन थालेको छ । मनाङको ४६ मिटरको उचाइमा शेर्पाले १६ दिन लगाएर खिचेको फोटो पत्रकार यज्ञशले सामाजिक संजालमा पोस्ट गरेका छन् ।
नेपालीले खिचेको हिउँ चितुवाको तस्बिर झनै प्रष्ट र आकर्षक देखिन्छ । निक्कै नजिकबाट जोखिम मोलेरै फोटो खिचेको देख्न सकिन्छ ।