देशयाद गर्नुहोस्, यसो गरे मतपत्र बदर हुन्छ!

याद गर्नुहोस्, यसो गरे मतपत्र बदर हुन्छ!

काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब १० दिन मात्र बाँकी छ । उमेदवारहरू मत माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । प्रचारप्रसार गरिरहेका छन् ।

निर्वाचन आयोगले मतदानका लागि आवश्यक तयारी गरिरहेको छ । मंसिर ४ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

आयोगले मतपत्र बदर हुने अवस्थाका बारेमा जानकारी गराएको छ । मतदान गर्दा ध्यान दिनुपर्ने कुराबारे आयोगले सजग गराएको हो ।

मतपत्र बदर हुने अवस्था–

  • मतपत्र च्यातिएमा,
  •  मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा,
  •  दुईवटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी मतसंकेत गरेमा,
  •  स्वस्तिक छाप नबुझिने गरी लतपतिएमा,
  •  एकभन्दा बढी चिह्नमा मतसंकेत गरेमा,
  •  निर्वाचन चिह्न रहेको कोठाभन्दा बाहिर मतसंकेत गरेमा,
  •  मतपत्रमा स्वस्तिक छापबाहेक अरू कुनै संकेत जस्तै : औँठाछाप, हस्ताक्षर आदिले मतसंकेत गरेमा ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img