Monday, March 17, 2025
समाजबझाङ केन्दबिन्दु : ५.४ रेक्टरको भूकम्प

बझाङ केन्दबिन्दु : ५.४ रेक्टरको भूकम्प

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ ।

बेलुका ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर ५. ४ रेक्टर स्कलेको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलालीलगायत जिल्लामा महसुस गरिएको छ । । स्थानीयहरु त्रासका कारण घरबाहिर निस्केर बसेका छन् ।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि कात्तिक २२ गते राति ९ बजेर ७ मिनेटमा ५. ७ र राति ९ बजेर ५६ मिनेटमा ४. १ र कात्तिक २३ गते बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परेर ६ जनाले ज्यान गुमाएका थिए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img