Wednesday, February 12, 2025
समाजचितवन–२ मा रवि लामिछानेको शानदार जित

चितवन–२ मा रवि लामिछानेको शानदार जित

चितवन : प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विशाल मतान्तरका साथ विजयी भएका छन् ।

पछिल्लो विवरण अनुसार सो क्षेत्रमा ४ हजार ३३७ मत गणना गर्न बाँकी रहे पनि रविले ३१ हजार ५२८ मतको अग्रता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको अन्तिम परिणाम सार्वजनिक गर्न बाँकी नै रहे पनि रविले फराकिलो जित हासिल गरेका हुन् ।

हालसम्म ७९ हजार २५९ मत गणना भइसकेको छ । रवि लामिछानेले ४५ हजार ९३४ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ छन् । उनले १४ हजार ४०६ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ५६ मत प्राप्त गरेका छन् । ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस