निर्वाचनप्रतिनिधि सभा समानुपातिकतर्फ एमालेको ५ लाख मत नाघ्यो

प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेको ५ लाख मत नाघ्यो

काठमाण्डाै – प्रतिनिधि सभा समानुपातिकतर्फ नेकपा एमालेले ५ लाख मत कटाएको छ ।

एमालेको अग्रता कायमै छ । निर्वाचन आयोगको आज बिहान १० बजेसम्मको विवरण अनुसार नेकपा एमालेले प्रतिनिधि सभा समानुपातिकतर्फ ५ लाख ५ हजार ९३० मत प्राप्त गरेको छ ।

त्यस्तै नेपाली कांग्रेस दोस्रोमा छ । उसले ४ लाख ६८ हजार ४२९ मत ल्याएको छ । प्रतिनिधि सभा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीको २ लाख ५८ हजार ९९७ मत रहेको छ।

यो पनि:

कसरी छानिन्छन् समानुपातिक उम्मेदवार ? 

त्यस्तै माओवादी केन्द्रको २ लाख २९ हजार ८६० छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ३५ हजार ७१२, जनता समाजवादी पार्टी, नेपालले ५७ हजार १५१, नेपाल मजदुर किसान पार्टीले ४७ हजार १८२, नागरिक उन्मुक्ति पार्टीले ३३ हजार १५८, जनमत पार्टीले ३२ हजार ९८८, नेकपा (एकीकृत समाजवादी) ३२ हजार ६८५ र अन्य दलको १ लाख १० हजार ६८० मत रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img