समाजभीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

बैतडी, बैतडीको पुर्चौडी नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पुर्चौडी ६ खठायतगाउँकी ३२ वर्षीया लिला खडायतको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । 

शनिबार दिउँसो ३ बजेको समयमा खर काट्ने क्रममा भकरेडीमाणौ नजिकैको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय लक्ष्मण बोहराले बताए । 

मृतक लिला खडायतका २ छोरी एक छोरा छन् । श्रीमान रोजगारीका सिलसिलामा भारतमा छन् ।
 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img