Friday, May 16, 2025
समाजबालेन शाहलाई घेराबन्दीमा पारियो, अब स्वतन्त्रहरु एक हुनुपर्छ : हर्क साम्पाङ
spot_img

बालेन शाहलाई घेराबन्दीमा पारियो, अब स्वतन्त्रहरु एक हुनुपर्छ : हर्क साम्पाङ

spot_img

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्रहरु एक हुने समय आएको बताएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध घेराबन्दी भएको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !’

पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरुले बालेनको कामप्रति प्रश्न उठाउँदै आएका छन् । ति प्रश्नको जवाफ फर्काउने क्रममा बालेनका अभिव्यक्तिलाई लिएर मिश्रित प्रतिक्रियाहरू आइरहेको बेलामा हर्क साम्पाङ बालेनको पक्षमा देखिएका हुन् ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img