सुनसरी / झापाको गौरादह नगरपालिकाले स्नातक तहसम्मको अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
मेयर छत्रपति सुवेदीका अनुसार नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसलाई छात्रवृत्ति बापतको रकम एकमुष्ट उपलब्ध गराउने निम्न आय भएका बुहारीहरू शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर कार्यक्रम सुरु गरिएको नगरपालिका मेयर छत्रपति सुवेदीले बताए ।
छात्रवृत्तिका लागि स्नातक तहसम्मको अध्ययन गर्न चाहने बुहारीहरुले विवाह दर्ताको प्रमाणपत्र, निम्न आय भएको सिफारिस र निवेदन पेस गर्नुपर्नेछ । क्याम्पस प्रमुखले नगरपालिकासँग मासिक शुल्क तिर्ने गरी निवेदन माग गरिएको छ ।
छात्रवृत्तिका लागि करिब एक सय बुहारीहरुले निवेदन पेस गरेका छन् । यसवर्ष बुहारी र अर्को वर्ष छोरीका लागि छात्रवृत्ति प्रदान गरिने नगरपालिका मेयर सुवेदीले बताएका छन् ।



