Friday, May 16, 2025
अर्थ व्यापारएसियन हाइड्रोपावरको आईपीओ मंसिर २७ गतेदेखि
spot_img

एसियन हाइड्रोपावरको आईपीओ मंसिर २७ गतेदेखि

spot_img

काठमाडौं : एसियन हाइड्रोपावरले मंसिर २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र इलामका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ३ लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि र ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि बिक्री गर्न लागेको हो।

स्थानीय बासिन्दाले छिटोमा पुस १२ गते र ढिलोको पुस २७ गतेसम्म निवेदन दिइसक्नुपर्ने छ। वैदेशिक रोजगारीमा रहेकाहरुले भने पुस १२ गतेसम्म आवदेन दिन सक्नेछन्।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img