Thursday, May 22, 2025
समाजएक्सनमा उपमेयर सुनिता डंगोल
spot_img

एक्सनमा उपमेयर सुनिता डंगोल

spot_img

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र रहेका आकाशे पुल तत्काल मर्मत गर्न निर्देशन दिएकी छन् ।

महानगरको सार्वजनिक निजी साझेदारी इकाइका पदाधिकारीसँग छलफल गर्दै उपमेयर डंगोलले निजी साझेदारी कार्यक्रमअन्तर्गतको आकाशे पुल असुरक्षित भएकाले तत्काल सुधारको काम गर्नुपर्ने बताएकी हुन् ।

‘आकासे पुलका संरचना भत्किएका छन् । हिँड्दा अल्झिएर लड्ने अवस्था छ । बार अग्ला भएकाले साँझ बिहान पुलभित्र हिँड्न असुरक्षित हुन्छ । अपाङ्गता भएका व्यक्ति पुलबाट यात्रा गर्न सक्दैनन् । जोखिम मोलेर सडकबाटै अर्को किनारामा पुग्नुपर्छ,’ डंगोलले भनिन्, ‘पुलका बार घटाउनु पर्छ । यी बार पारदर्शी हुनुपर्छ । मर्मत गरेर दुरुस्त बनाउनुपर्छ । एक पटक बनाएर अलपत्र बनाएर हुँदैन । नियमित मर्मत गर्नुपर्छ । यसका लागि निर्माण पक्षलाई तत्काल पत्राचार गर्नु ।’

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img