राजनीतिरेशम चाैधरीलगायतकाे मुद्दा फिर्ता लिने अध्यादेशप्रति गगन थापाकाे असन्तुष्टि

रेशम चाैधरीलगायतकाे मुद्दा फिर्ता लिने अध्यादेशप्रति गगन थापाकाे असन्तुष्टि

काठामाण्डाै – सरकारले विभिन्न राजनीतिक समूहसँग आबद्ध रही विभिन्न कसुरमा संलग्न भएर जेलमा रहेका कैदीबन्दीको मुद्दा फिर्ताका लागि अध्यादेश ल्याउन लागेकोमा विरोध गर्ने क्रम बढेकाे छ । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसकै नेताहरूले अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेका छन् ।

यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले याे अध्यादेशप्रति असन्तुष्टि जनाउनुभएकाे छ । उहाँले याे अध्यादेशकाे विषयमा पार्टीभित्र कुनै छलफल नभएकाे भन्दै सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने बताउनुभएकाे छ । महामन्त्री थापाले आज साेमवार सामाजिक सञ्जालमार्फत भन्नुभएकाे छ, ‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ,न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही छ । यो अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ । सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ ।’

यसअघि कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सङ्क्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनीभूत छलफलको हेक्का नराखिनु सम्पूर्णरूपले गलत भएको बताउनुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img