समाजनयाँ सांसद लाई नयाँ गफाडीहरु भन्दै बालेनले यस्तो लेखे
spot_img

नयाँ सांसद लाई नयाँ गफाडीहरु भन्दै बालेनले यस्तो लेखे

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले ४ मंसिरमा भएको निर्वाचनबाट निर्वाचित नयाँ सांसदहरुलाई नयाँ गफाडीहरुको संज्ञा दिएका छन् । 

उनले सामाजिक सन्जालमा लेख्दै नयाँ सांसदहरुलाई नयाँ गफाडीको संज्ञा दिएका हुन् । 

उनले सामाजिक सन्जाल फेसबुकमा नयाँ सांसदहरु गफाडी भएको मात्र लेखेका छैनन्, देश पुरानै रहेको र उही पुराना व्यापारीहरु रहेको पनि लेखेको छन् ।

चार लाइन कवितात्मक शैलीमा लेखिएको स्टाटसमा बालेनले यस्तो लेखेका हुन् ।

यसपटक प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका नयाँ सांसदहरु रहेका छन् । बालेन स्वयं काठमाडौं महानगरपालिकामा मेयर पदका लागि गत वैशाखमा भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img