काठमाडौं । काठमाडौंको शंकरापुरमा अमेरिकी एमसीसी सम्झौता र दमनमा उत्रिएको भन्दै गृहमन्त्री रवि लामिछाने विरुद्ध स्थानीयले नारावाजी गरेका छन्।
विगत केहिदिन देखि उनीहरुले आन्दोलन गर्दै आएका छन्।
यसैबीच, आज प्रहरीले दमन गर्दा वडा सदस्यको हात भाँचिएको छ। घाइते हुनेमा शंखरापुर नगरपालिका–३ का वडा सदस्य विजय लामा छन्।
प्रहरीसँगको झडपमा आज उनको हात भाँचिएको हो। शंखरापुर नगरपालिका– ३ मा पर्ने बोझनीको करिब २ सय रोपनी क्षेत्रफलमा एमसीसीले निर्माण गर्न लागिएको सब स्टेशनले आफ्नो उठिबास लाग्ने भन्दै स्थानीयबासिन्दाले विरोध गरिरहेका हुन।