फिचर'पाइलटले बस्ती जोगाउन जहाज सेती खोंचमा लगेको देखिन्छ’

‘पाइलटले बस्ती जोगाउन जहाज सेती खोंचमा लगेको देखिन्छ’

पोखरा – आइतबार बिहान म घरमा नै बसिरहेको थिएँ। एक्कासी घर नजिकै धुवाँको मुस्लो देखियो। के भएको रहेछ भनेर म घरको छतमा गएँ।

छिमेकी दाइभाउजु भने जहाज दुर्घटना भएको भनेर कराउँदै थिए। उनीहरूले जहाज दुर्घटना हुनु भन्दा अघि जहाज आकाशमा घुमिरहेको देखेका रहेछन्।

मेरो घरबाट ५ मिनेटको दूरीमा दुर्घटना स्थल पर्छ। हामी पुग्दा स्थानीयले जहाजमा पानी हाल्दै थिए। जहाज सेतीको खोंचमा खसेको छ। बाहिर केही शवहरू उछिट्टिएको अवस्थामा हामीले देख्यौं।

केहीबेरमा सेना, प्रहरी, दमकल आएर उद्धार गर्न थाले। मैले देखेअनुसार जहाजमा रहेकाहरू बाँच्ने सम्भावना ज्यादै न्यून छ किनभने जहाजमा ठूलो आगो लागेको छ।

जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना हुन पुगेको देखिन्छ। जहाजका पाइलटले बस्ती जोगाएर जहाज सेतीको खोंचमा खसालेको देखिन्छ।

दुर्घटना नजिकै अल्कापुर भन्ने बस्ती छ। त्यही बस्ती बचाउन चालकले दुर्घटना हुन लाग्दा जहाजलाई खोंचमा लगेका हुन सक्ने देखिएको छ।

बस्तीमा जहाज खसेको भए झन् ठूलो धनजनको क्षति हुने थियो। अहिले १२ बजेसम्म पनि उद्धार कार्य जारी छ। प्रहरी र सेनाले डढेका शव निकाल्दै छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img