Thursday, January 23, 2025
समाजखोंचमा जहाज खस्दा माछा मार्न गएका २ जना घाइते

खोंचमा जहाज खस्दा माछा मार्न गएका २ जना घाइते

पोखरा । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनमा दुई जना स्थानीय पनि घाइते भएका छन् । माछा मार्न सेती खोंचमा गएका दुई जना स्थानीय घाइते भएका हुन् ।

माछा मार्दै गरेको समयमा जहाज सेती खोंचमा खस्न पुग्दा उनीहरु घाइते भएका थिए । उनीहरुलाई घटनास्थलबाट उद्धार गरेर अस्पताल पठाइएको छ ।

६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आइतबार बिहान सेती दोभानमा दुर्घटनाग्रस्त भएको थियो ।
घाइते कुमार आले

घाइते कुमार आलेकाअनुसार उनी र अर्का एक जना साथी बिहान १० बजे माछा मार्न सेती खोंचमा गएका थिए । ‘जहाज खस्दा ढुंगा झर्‍यो । मलाई ढुंगाले लाग्यो । म ओढारमा छिरें । त्यसपछि जहाज खोलामा बजारियो। । ठूलो आवाज आएको थियो ।’

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img