Wednesday, January 15, 2025
समाजबच्चाका साथ छुट्टी मनाउन गएका चिकित्सक दम्पती पुगेनन् घर

बच्चाका साथ छुट्टी मनाउन गएका चिकित्सक दम्पती पुगेनन् घर

काठमाडौं- आइतबार विहान काठमाडौंबाट पोखराका लागि उडान भरेको विमान दुर्घटनामा दुई चिकित्सकले ज्यान गुमाएका छन् । 

ज्यान गुमाउने चिकित्सक दम्पतीमा राष्ट्रिय ट्रमा सेन्टरका डा. सुशील श्रेष्ठ हुन् । उनकी श्रीमती सोना दिवारकले पनि यो दुर्घटनामा ज्यान गुमाएकी छिन् ।

उनीहरुसँगै पोखरा गएका १० महिनाको छोराको पनि मृत्यु भएको छ । 

श्रेष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । उनी ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए । उनीहरु आफ्नो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन गएका थिए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img