काठमाडौं । बिहान काठमाडौंबाट पोखराका लागि उडेको विमानमा प्रशिक्षक बरिष्ट पाइलट कमल केसी, यही उडानबाट फूल क्याप्टेनको दर्जा पाउन लागेकी को–पाइलट अन्जु खतिवडा, विमान परिचारिका अर्थात् एयर होस्टेस सृजना होंगचुन र ओसीन आलेमगर रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ५३ नेपाली, ५ जना भारतीय, ४ जना रशियन, १ जना अष्ट्रेलियन, १ जना अर्जेन्टीनी, २ जना कोरियाली नागरिक गरि कुल ७२ जना सवार थिए ।
एयर होस्टेस ओसीन आलेमगर चितवनकी हुन् । उनको निधनले चितवनबासी मार्ग हैन सम्पूर्ण नेपाली स्तब्ध भएका छन् ।
अझ आज मगरहरुको महान पर्व माघी हो । यही पवित्र दिनमा हज्जारौंलाई सेवा गरेकी मगर समुदायकी चेलीको अकल्पनीय निधनले सबै स्तब्ध बनेको सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
अधिकांशले अलबिदा लेखिरहेका छन् । उनी अत्यन्तै मृदुभाषी, काममा दक्ष र योग्य थिइन् । आज उनी अल्पआयूमा नै अस्ताइन् । अलबिदा ओसीन आलेमगर । तपाइको आत्मले शान्ति पाओस् । शोकाकुल परिवारमा हार्दिक समवेदना !