समाजविमान दुर्घटना: चार जना अझै बेपत्ता, बिहानैदेखि खोजीमा जुट्यो सशस्त्रको गोताखोर टोली 
spot_img

विमान दुर्घटना: चार जना अझै बेपत्ता, बिहानैदेखि खोजीमा जुट्यो सशस्त्रको गोताखोर टोली 

काठमाडौं– आइतबार बिहान पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये चार जना अझै बेपत्ता छन्। आइतबार साँझसम्म गरिएको खोजीमा ६८ जनाको शव फेला परेका थिए। 

रातको समयमा उद्धार गर्न नसकिएकाले सोमबार बिहानैदेखि खोजी कार्य सुरु गरिएको छ। उनीहरुको खोजीका लागि सशस्त्रको १५ जना गोताखोरको टोली खटिएको छ। 

यस्तै पहिचान भएका पोखरा तथा आसपासका क्षेत्रका व्यक्तिका शव भने सोमबार पोखराबाटै परिवार तथा आफन्तको जिम्मा लगाइने भएको छ।

काठमाडौंका र विदेशी यात्रुका शव भने हेलिकप्टरमार्फत काठमाडौं लगेर परिवारलाई जिम्मा लगाउने तयारी गरिएको छ। उक्त एअरलाइन्समा ७२ जना सवार थिए। 

जसमा १५ जना विदेशी यात्रु थिए भने ५३ जना नेपाली र चार जना चालक दलका सदस्य सवार थिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img