सुनसरी / सुनसरीमा आज बिहानैदेखि बाक्लो हुस्सु लागेसँगै चिसो भएको छ ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ ।
बाँकी भू-भागमा भने सामान्यतया मौसम सफा रहने छ । आज दिउँसो र राति देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।
मौसम बदली बुधबारसम्मै कायम रहने छ । बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटीमा समस्या हुँदा सडक र हवाई यातायातमा पनि प्रभाव पर्न सक्ने भएकोले सावधानी अपनाउनसमेत महाशाखाले अपिल गरेको छ ।
यता, सुनसरीमा बाक्लो हुस्सुका कारण इटहरी , धरान , बराहक्षेत्र , दुहबी , कोशी , देवानगञ्ज , बर्जु ,हरिनगर, भोक्राहा , रामधुनी र इनरूवा लगायतका स्थानको हुस्सुका कारण जनजीवन प्रभावित बनेकाे छ । इटहरीमा बिहान ८ बजे ११ डिग्री तापक्रम थियोे । चोक चोकमा मुढा बालेर आगो स्थानीय नागरिकहरू आगो तापिरहेका छन् ।
बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण जिल्लाका सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् । जिल्लाका दक्षिणी ,उत्तरी भेगका विपन्न परिवारको जनजिव प्रभावित भनेको छ ।