जुम्ला- जुम्लामा साेमवार जीप दुर्घटना एक जनाको ज्यान गएको छ । त्यस्तै १४ जना घाइते भएका छन् ।
सदरमुकामबाट पातारासीको लासीका लागि छुटेको ग १ ज ४०३५ नम्बरको जीप कोटभिरमा दुर्घटनामा परेको हो ।
पातारासी गाउँपालिका १ का छोदेन लामाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनाका घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएको छ।