राजनीतिइजीलिंक रेमिट्यान्स कम्पनीको सीईओलाई रास्वपाले बनायो श्रममन्त्री

इजीलिंक रेमिट्यान्स कम्पनीको सीईओलाई रास्वपाले बनायो श्रममन्त्री

काठमाडौं । विषय विज्ञलाई मन्त्री बनाउने प्रचार गर्दै आएको राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)ले म्यापावर व्यवसायीलाई डोलप्रसाद (डिपि) अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाएको छ । 

विभिन्न क्षेत्रमा रहेका विज्ञताका आधारमा आफूहरूले मन्त्री पठाउने बताउँदै आएको रास्वपाले म्यानपावर व्यवसायी तथा रेमिट्यान्स कम्पनीका सीईओलाई श्रममन्त्री बनाएको हो । अर्याल सृष्टि अभोरसिज प्रालिका सञ्चालन समितिका सदस्य र मार्केटिङ डाइरेक्टर हुन् । उनी इजिलिङ्क रेमिट्यान्स कम्पनीका सञ्चालक समेत हुन् । 

मंगलबार श्रममन्त्रीकाे पदभार ग्रहण गर्दै म्यानपावर व्यवसायी समेत रहेका अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने प्रतिबद्धता गरे । रेमिट्यान्स कम्पनीका सीईओसमेत रहेका उनले भने, ‘नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ ।’ 

मन्त्रालयले समन्वय गरेर स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गरिने मन्त्री अर्यालको भनाइ छ । उनले भने, ‘बाध्यताले नभई चाहेर मात्र विदेश जाने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य हो ।’ 

रेमिट्यान्स कम्पनी कम्पनीको ब्रान्ड एम्बेसडरको रूपमा पार्टी सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भएको कम्पनीको सामाजिक सञ्जालमा उल्लेख गरिएको छ ।

पदभार ग्रहण गर्दासमेत अर्याल इजीलिंक रेमिट्यान्स कम्पनीको आधारिक वेवपेजमा कम्पनीको सीईओ र सृष्टि अभोरसिज प्रालिका मार्केटिङ डाइरेक्टरका रुपमा नै रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img