Monday, January 13, 2025
समाजडा. रुइत १० लाख डलर पुरस्कार राशिको इसा अवार्डबाट सम्मनित हुँदै

डा. रुइत १० लाख डलर पुरस्कार राशिको इसा अवार्डबाट सम्मनित हुँदै

भन्छन "अवार्ड मेरो कमाइमात्रै होइन, राष्ट्रले पाएको सम्मान पनि हो"

काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत १० लाख डलर पुरस्कार राशिको इसा अवार्डबाट सम्मनित हुँदै छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको इसा अवार्डको पाँचौँ संस्करणअन्तर्गत सन् २०२३ मा डा. रुइतलाई प्रदान गरिन लागिएको हो ।

यो अवार्डलाई डा. रुइतले आफ्नो जीवनको सबैभन्दा ठूलो कमाइ र राज्यको प्रतिष्ठाको रूपमा पाएको बताएका छन् ।

बिहीबार तिलगंगा आँखा प्रतिष्ठानको पत्रकार सम्मेलनमा बोल्दै डा. रुइतले भने, “यो मेरो ३५ वर्षे करिअरकै सबैभन्दा ठूलो कमाइ हो । यतिमात्रै होइन नेपालको प्रतिष्ठालाई उच्च बनाउने अवसर पनि हो । त्यसैले यो राष्ट्रले पाएको सम्मान हो ।”

नेत्र उपचारको क्षेत्रमा नेपाल विश्वका विकसित मुलुकहरूभन्दा कम नभएको तथ्यलाई यो अवार्डले थप प्रमाणित गरेको डा. रुइतको भनाइ छ ।

इसा अवार्ड मानव कल्याणको क्षेत्रमा सक्रिय व्यक्ति तथा संस्थालाई प्रदान गरिँदै आएको छ । यसको राशि १० लाख अमेरिकी डलर रहेको छ । विश्वभरका १४५ व्यक्ति तथा संस्थाहरूको प्रतिष्पर्धामा डा. रुइत ६ नम्बरमा ‘स्पेसल नोमिनी’को रूपमा छनोट भएका थिए । डा. रुइतले अन्धोपन निवारणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गर्न लागिएको आयोजकले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनजस्ता बलिया संस्था र विभिन्न शक्तिशाली राष्ट्रका व्यक्तित्वहरूसँगको प्रतिस्पर्धामा आफूले इसा अवार्ड पाउनुलाई डा. रुइतले ‘फेयर जज्मेन्ट’को रूपमा लिएका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img