Monday, January 13, 2025
समाजवाग्मतीमा कार खस्दा बेपत्ता लामिछानेको शव सशस्त्रको गोताखोरले भेट्टाए

वाग्मतीमा कार खस्दा बेपत्ता लामिछानेको शव सशस्त्रको गोताखोरले भेट्टाए

काठमाडौंको कीर्तिपुर नगरपालिका–६, चोभारस्थित जलविनायक पुलनजिकै वाग्मती नदीको किनारमा कार खसेर बेपत्ता भएका राजकुमार लामिछानेको शव भेटिएको छ। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले बिहीबार दुर्घटनास्थलबाट करिब १०० मिटर तल उनको शव फेला पारेको हो।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १८ निलबाराही गण, नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव फेला पारेको हो ।

माघ २ गते बा ५ च ५६५४ को सुजुकी कार नदी किनारमा खसेको थियो। दुर्घटनामा कारमा सवार काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका–१ बस्ने अन्दाजी ४० वर्षीय राजकुमार बेपत्ता भएका थिए भने उनकी ४० वर्षीया श्रीमती अम्बिका लामिछाने घाइते भएकी थिइन्। उनलाई उद्धार गरेर अस्पताल लगिएको छ।

राजकुमारको शव सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई बुझाएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img