काठमाडौं । माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक कारण खुलेको छ ।
दुर्घटनाबारे सत्य तथ्य पत्ता लगाउन बनेको जाँच बुझ आयोगले ककपिट भ्वाइस रेकर्डरको विश्लेषण गर्दै दुर्घटना हुनुको प्रारम्भिक कारण पत्ता लगाएको हो ।
दुर्घटनामा परेको जहाजको इन्जिनमै समस्या भएका कारण दुर्घटना भएको आयोगले प्रारम्भिक कारण पत्ता लगाएको हो ।
दुर्घटनाको कारणबारे जानकारी दिए आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘फ्लाइट डाटा रेकर्डर र ककपिट भ्याइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिन्छ ।’
पोखरामा २३ दिन अगाडि भएको उक्त दुर्घटनामा जहाजमा काठमाडौंबाट पोखरा उडेका ७२ जना यात्रुको मृत्यु भएको छ । तर, अझै पनि दुई जनाको शव भने भेटिएको छैन ।