Saturday, April 19, 2025
देशकोशी प्रदेशइटहरीमा मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु
spot_img

इटहरीमा मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

सुनसरी | इटहरीमा मोटरसाइकलले ठक्कर दिँदा इटहरी ४ हलगढाका एक युवक साइकलयात्री मृत्यु भएको छ ।

हिजो आइतबार राति करिब ७ बजेतिर इटहरी – ४ तुलसा टोलस्थित कोसी राजमार्गमा उतरबाट दक्षिणतर्फ जाँदै गरेको को ३२ प ४६१३ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको थियोे ।

मोटरसाइकलको ठक्करबाट मृत्यु हुनेमा संखुवासभा आँखिभुइ घर भइ हाल इटहरी- ४ हलगढामा बस्ने अन्दाजी ३० वर्षीय सरोज कार्कीको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको इटहरीको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक संखुवासभा धर्मदेवी- ३ का अन्दाजी ३० वर्षीय प्रेम ग्याजुङ शेर्पाले ठक्कर दिएपछि तत्काल फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img