Thursday, January 23, 2025
समाजगोरखामा मिनीट्रक दुर्घटना हुँदा आठ जना घाइते

गोरखामा मिनीट्रक दुर्घटना हुँदा आठ जना घाइते

गोरखा : गोरखा बजारको बिसौनी मोडमा सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्। सोमबार दिउँसो १ बजे प्रदेश नं ३ ०१–००३–६१७० नम्बरको मिनीट्रक पल्टिँदा ६ पुरुष र २ महिला घाइते भएका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए।

घाइतेहरु कसैको पनि पहिचान खुल्न सकेको छैन। उनीहरुको गोरखा अस्पतालमा उपचार भइरहेको छ। दुई जनालाई भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। आरुघाटबाट तरकारी लगायतका सामान लिन गोरखा बजार आउँदा दुर्घटना भएको र चालक उमेश श्रेष्ठ पनि घाइते भएका उनका आफन्त संगम श्रेष्ठले जानकारी दिए। बसपार्कतर्फबाट हरमटारीतर्फ जाँदै गरेको सो मिटीट्रकले सडकमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिएर करिब ५० मिटर तल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालमा ठोक्किन पुगेको थियो। साथै बा ८६ प १७८६ नम्बरको मोटरसाइकललाई समेत लतारेर लगेको छ। मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका छन्।

ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान भएपनि थप जानकारी नभएको डीएसपी लामिछानेले बताए।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img