Wednesday, February 12, 2025
समाजपहिराले च्यापिएर मृत्यु

पहिराले च्यापिएर मृत्यु

सिन्धुली: सिन्धुलीमा पहिरामा च्यापिएर एक जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–३ खुरहरीमा आफ्नै बारीको ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको पहिराले च्यापिएर आज दिउँसो उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय टेकबहादुर परियार छन् । पहिराले च्यापिएर सख्त घाइते भएका परियारलाई तीनपाटन गाउँपालिकामा अवस्थित बाहुनतिल्पुङ स्वास्थ्यचौकी पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस