देशबागमती प्रदेशमकवानपुरमा बस दुर्घटना हुदाँ १४ जना घाइते

मकवानपुरमा बस दुर्घटना हुदाँ १४ जना घाइते

हेटौंडा: मकवानपुरकाे मनहरी-६ नयाँबस्ति स्थित पुर्व-पश्चिम सडक खण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

चितवनबाट हेटौडा तर्फ आउदै गरेको ना ७ ख १३२६ नम्वरकाे बस आफै अनियन्त्रित भई सडक बाट अन्दाजी २५ फिट तल बारीमा पल्टी दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनाका घाइतेमध्ये १३ जनालाई उपचारकाे लागि भरतपुर र १ जनालाई हेटौंडा अस्पताल पठाइएकाे ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक कृष्णराज ढकालले जानकारी दिए । घाइतेमध्ये २ जनाकाे अवस्था गम्भीर रहेकाे उनले बताए ।

बसमा करिब २० जना यात्रु रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img