राजनीतिपत्रकारितामा ऋषि धमला र राजनीतिमा आफू सधैं प्रहारको शिकार बन्ने गरेको प्रचण्डको...

पत्रकारितामा ऋषि धमला र राजनीतिमा आफू सधैं प्रहारको शिकार बन्ने गरेको प्रचण्डको भनाई

काठमाडाैं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारितामा ऋषि धमला र राजनीतिमा आफू सधैं प्रहारको शिकार बन्ने गरेको बताएका छन् ।

आफु राजनीतिक परिवर्तनको बाहक हुँदाहुँदै पनि घेरा हाल्ने र प्रहार गर्ने काम नरोकिएको उनले  बताएका छन । शुक्रवार रिपोर्टर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा प्रचण्डले पत्रकारितामा ऋषि धमला र राजनीतिमा आफ्ना अनुभवमा समानता रहेको बताएका हुन् ।

‘युद्ध, शान्ति, सरकार र प्रतिपक्षको सबै अनुभवमा मैले गाली र प्रशंसा पाएको छु । पत्रकारितामा ऋषिले धेरै गाली, आलोचना, प्रशंसा पाउनुभएको छ, अहिले पनि उहाँलाई छाडेका छैनन्,’ प्रचण्डले भने, ‘परिवर्तनको बाहक हुँदाहुँदै मलाई पनि घेरा हाल्ने कुरा रोकिएको छैन । पत्रकारितामा ऋषि र राजनीतिमा मेरा अनुभवका लागि समानता छन् ।’

प्रचण्डले मन्त्रिपरिषद् विस्तार भएसँगै अब सरकारको कामले गति लिने विश्वास व्यक्त गरे ।

‘सय दिन पुग्दानपुग्दै नयाँ समीकरण बनेको छ । सरकारलाई पूर्णता दिने काम गरेको छु । अब सरकारले गति लिनुपर्छ भन्ने प्रतिबद्धता र संकल्प छ,’ प्रचण्डले भने ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img