Friday, January 17, 2025
समाजचितवन-२ मा रवि लामिछानेले हार्छन् - महेश बस्नेत

चितवन-२ मा रवि लामिछानेले हार्छन् – महेश बस्नेत

काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले आगामी उपनिर्वाचनमा चितवन–२ बाट रवि लामिछानेको हार निश्चित रहेको बताएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले रास्वपाका सभापति रवि लामिछानेले नक्कली राष्ट्रवादको खेती गरेको भन्दै उनको हार निश्चित रहेको बताएका हुन् ।

‘रविजीको पार्टी मयुर होइन, मयुरको प्वाँख टाँसेको कौवा हो । यो कुरा भन्न हामी हिच्किचाउन हुन्न । चितवन–२ का जनताले नक्कली राष्ट्रवादबाट मुक्त हुन्छन् । त्यहाँ नेकपा एमाले र कांग्रेसको प्रतिस्पर्धा हुन्छ । रविजी त्यसलाई पछ्याउनु हुन्छ । राजनीतिमा जनताले कौवालाई जिताए भने फेरि जनतालाई सम्झाउनु पर्छ । चितवनको जनता सचेत छन् । चितवनका जनता त्यति मुर्ख छन् जस्तो मलाई लाग्दैन,’– उनले भने ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img